Logo

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आजबाट काठमाडौंमा सुरु भएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीस्थित पार्टी कार्यालयमा बैठक बसिरहेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष लिङ्देनको सचिवालयका अनुसार बैठकमा पछिल्लो समय पार्टीले गरिरहेको आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।


सम्बन्धित समाचार