
४ वैशाख,काठमाडौं । राजधानीको टोखास्थित झोरबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । २५ करोडको रकमका मालिक भनिएका नारायण पौडेल भने फरार छन् र उनीविरुद्ध फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।
दुवैजनाविरुद्ध विदेशी विनिमय ऐन २०१९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ र २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना मागदाबी गरिएको छ ।
गत ४ चैतमा लामालाई ट्रकमा लुकाइ चीनतर्फ लैजाँदै गरेको रकमसहित प्रहरीले पक्राउ गरेको थियो ।