Logo

४ वैशाख, काठमाडौं । वीरगञ्जमा गत शनिबार भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाही गर्न इस्लामिक संघ नेपालले सरकारसँग माग गरेको छ । संघले बिहीबार गृहमन्त्री रमेश लेखकलाई भेटेर ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन आग्रह गरेको हो ।

इस्लामिक संघ नेपालले वीरगञ्जको घटनालाई सामान्य झडप नभई गम्भीर र पूर्वनियोजित षड्यन्त्रको हिस्सा भएको दाबी गरेको छ । गृहमन्त्री लेखकलाई बुझाइएको ज्ञापनपत्रमा हनुमान जयन्तीको ¥याली परम्परागत मार्ग हुँदाहुँदै मुस्लिम बहुल क्षेत्रमा जानु, उत्तेजित नाराबाजी गर्नु र हतियार जस्तो देखिने वस्तु प्रदर्शन गर्नु वातावरण बिगार्ने र मुस्लिम समुदायलाई उक्साउने योजना अन्तर्गत भएको उल्लेख छ ।

संघका नजरुल हसन फलाहीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । इस्लामिक संघले प्रहरीले समयमै स्थिति नियन्त्रणमा लिन चासो नदेखाएको र अल्पसंख्यक समुदायको सुरक्षालाई प्राथमिकता नदिएकोमा पनि गम्भीर आपत्ति जनाएको छ ।

उक्त घटनालाई धार्मिक सद्भावमा खलल पु¥याउने प्रयासको रूपमा व्याख्या गर्दै संघले सरकारलाई यस विषयमा गम्भीर हुन आग्रह गरेको छ । संघले शनिबार भएको घटनालाई संगठित अपराध भन्दै दोषीलाई कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सिंहदरबारमा गृहमन्त्री लेखकसँगको भेटमा अध्यक्ष नजरुल हसन फलाही नेतृत्वको टोलीले वीरगञ्ज घटनामा प्रहरी प्रशासन मुकदर्शक बनेको कारण स्थिति बिग्रिएको आरोप लगाएको छ ।


सम्बन्धित समाचार