
५ बैशाख, कपिलवस्तु, । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु जिल्ला समन्वय समितिले तौलिहवामा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले सयौं नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै राजनीतिक प्रशिक्षण दिए। उनले देशको वर्तमान अवस्था, पार्टीको नीति र भावी योजनाबारे सहभागीहरूलाई जानकारी गराए।
आफ्नो सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले हुलाकी राजमार्ग अभियान, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मिटर ब्याजी पीडितको मुद्दालाई माओवादी केन्द्रले सरकारमा हुँदा प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए। उनले यस्ता जनसमस्या समाधानमा पार्टीको प्रतिबद्धता दोहो¥याए ।
“वर्षौंदेखि पछाडि पारिएका नागरिकका भावना र समस्यालाई बुझेर माओवादी केन्द्रले काम गर्दै आएको छ,” उनले भने, “अब तपाईहरू हाम्रो साथ दिनुहोस्, माओवादीले समृद्ध तराई निर्माण गर्छ।”