
६ वैशाख,काठमाडौं । संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रियामा गुरुङले गणतन्त्रको घोषणा जेठ १५ गते भएको भन्दै सोही दिन यसको अन्त्य हुने दाबी गरे । उनले भारतमा नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कने चर्चा व्यापक भएको र ९९ प्रतिशत मिडियाले राजतन्त्र फर्किएको भनी समाचार प्रकाशन गरिरहेको उल्लेख गरे ।
गुरुङले भारतमा आज पनि पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर पूजाकोठामा राखेर पूजा गर्ने चलन रहेको बताएका छन् ।