Logo

७ वैशाख,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट करिब ६ केजी अवैध लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित चितवन जिल्लाको राप्ती नगरपालिका– ११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब ७ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका– १९ नेवारपानीबाट तामाङलाई पक्राउ गरेको हो। चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २८८७ नम्बरको यात्रुवाहक बसमा सवार तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा उक्त परिमाणको अफिम बरामद भएको प्रहरीले जनाएको छ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालका अनुसार तीनवटा प्याकेटमा राखिएको ५ किलो ९४० ग्राम अफिम फेला परेको हो। प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए ।


सम्बन्धित समाचार