Logo

७ वैशाख,जनकपुर । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको छ। उनलाई सप्तरी जिल्लाको राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

प्रवक्ता बस्नेतका अनुसार जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा यादवलाई पक्राउ गरिएको हो। ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघातको जाहेरी दर्ता भएको छ। प्रहरी नायव उपरीक्षक बस्नेतले यादवलाई थप अनुसन्धानका लागि ललितपुर पठाइने जानकारी दिएका छन्।

यादवले आफ्नै साथीसँग विभिन्न प्रकारका प्रलोभन देखाएर पैसा ठगी गरेको र विश्वासघात गरेको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। यो घटना जनमत पार्टीका लागि एक धक्काको रूपमा देखिएको छ।


सम्बन्धित समाचार