Logo

७ वैशाख, काठमाडौं । सिंहदरबारमा प्रदर्शनका क्रममा आइतबार पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहित सातै जना नेता तथा कार्यकर्ता रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर भद्रकालीमा पुर्‍याइएका उनीहरूलाई केही समयअघि छाडिएको परिसरका प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराले जानकारी दिए। रिहा हुनेहरूमा अध्यक्ष लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेता अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल रहेका छन्।

उनीहरूलाई सिंहदरबारभित्रै प्रदर्शन गरेको कारण प्रहरीले नियन्त्रणमा लिएको थियो। नेता तथा कार्यकर्ता रिहा भएपछि राप्रपाले आगामी कदमबारे थप छलफल गर्ने सम्भावना छ।


सम्बन्धित समाचार