Logo

८ वैशाख,काठमाडौं । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौँको माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। १९ दिनदेखि जारी यो आन्दोलनले सरकार र शिक्षकहरूबीच विश्वासको संकट गहिरिएको देखाउँछ।

सरकारले आगामी वैशाख १२ गते बोलाएको बजेट अधिवेशनबाट शिक्षा विधेयक जारी गर्ने प्रतिबद्धता जनाए पनि शिक्षकहरू आफ्नो आन्दोलनबाट पछि हटेका छैनन्। विगतमा सरकारले गरेका सम्झौताहरू पूरा नभएका कारण यसपटक शिक्षकहरू ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानमा छन्।

सरकारले अधिवेशन आह्वान गर्नु र विधेयक जारी गर्ने स्पष्ट पारे पनि शिक्षकहरू सरकारको प्रतिबद्धतामा पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्। उनीहरूले शिक्षा विधेयक जारी भएको दिन मात्रै आन्दोलन छोडेर विद्यालय फर्किने बताएका छन्।

 


सम्बन्धित समाचार