Logo

८ वैशाख, काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

उनलाई पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन्।

पूर्व अध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप बलियो बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो।


सम्बन्धित समाचार