Logo

८ वैशाख,काठमाडौं । शिक्षक आन्दोलन उत्कर्षमा पुगेकै बेला शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन् ।

बालुवाटार निकट स्रोतका अनुसार, भट्टराईको राजीनामा आज बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना छ ।

शिक्षक महासंघसँग पटक–पटक संवाद भए पनि समाधान ननिस्कँदा मन्त्री भट्टराई चर्को आलोचनाको घेरामा परेकी थिइन् । आन्दोलन नियन्त्रणमा लिन नसकेको दबाबका बीच उनको अकस्मात राजीनामा आएको हो ।


सम्बन्धित समाचार