
९ वैशाख,काठमाडौं ।सुनको मूल्यले नेपाली बजारमा एकपछि अर्को रेकर्ड कायम गरेको छ । सोमबार एक लाख ९१ हजार रूपैयाँ कायम भएको सुनको मूल्य मंगलबार एकैपटक करिब ७ हजार बढेको छ ।
मंगलबार तोलामा ६ हजार ९०० रूपैयाँ बढेर १ लाख ९७ हजार ९०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रूपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रूपैयाँ कायम भएको छ ।