Logo

१० वैशाख,काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नभएको गम्भीर आरोप लगाएको छ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रूपमा असफल भएको दाबी गरे। “यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन। यो गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,“ सापकोटाले भने।

उनले कांग्रेस–एमाले गठबन्धनको सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई रोकेर सुशासन कायम गर्न लागिरहेका अधिकारीहरूलाई छानीछानी दण्डित गरिरहेको आरोप लगाए।

माओवादी केन्द्रले ओली सरकारले भ्रष्टाचार नियन्त्रणमा उदासिनता देखाएको, सुशासन कायम गर्न नसकेको र जनहितका कामहरूलाई प्राथमिकता नदिएको आरोप लगाएको छ।


सम्बन्धित समाचार