Logo

१० वैशाख,काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते प्रतिनिधि सभामा पेस गर्ने गरी संसदको क्यालेन्डरको मस्यौदा तयार भएको छ। सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि यो मस्यौदा तयार पारेका हुन्।

यसैगरी, सरकारले आगामी जेठ २ गतेदेखि प्रि–बजेट छलफल सुरु गर्ने प्रस्ताव गरेको छ। यो प्रस्तावित क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा अन्तिम अनुमोदनका लागि पेस गरिनेछ।

सभामुख घिमिरेले यसअघि प्रमुख सचेतकहरूसँगको छलफलमा बजेट अधिवेशनको चापलाई मध्यनजर गर्दै शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरिसकेको छ। यस निर्णयसँगै संसदले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई समयमै टुंगोमा पु¥याउने लक्ष्य लिएको देखिन्छ। अब कार्यव्यवस्था परामर्श समितिले तयार पार्ने अन्तिम क्यालेन्डरले अधिवेशनको विस्तृत कार्यसूची निर्धारण गर्नेछ।


सम्बन्धित समाचार