
११ वैशाख,काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। विद्या भट्टराईले वैशाख ८ गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका थिए।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईको राजीनामा आएको थियो।