
१२ वैशाख,वीरगञ्ज । बारा जिल्ला अदालत बार एशोसिएसनको नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री माननीय जितेन्द्र सोनलले एक समारोहका बीच भवनको शिलान्यास गरेका हुन्।
मधेस प्रदेश सरकारको १ करोड ७४ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो भवन दुई तलाको हुनेछ। निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा बारा बारका अध्यक्ष श्री उमेश जैसवाल, कोषाध्यक्ष श्री सुर्यजित सिंह, बारका पूर्व अध्यक्षहरु श्री ओमप्रकास केसरी, श्री प्रमहंस केसरी, श्री योगेन्द्र मण्डल, उच्च बार वीरगंजका अध्यक्ष श्री विशाल चौधरी, पूर्व अध्यक्ष श्री प्रमोद साह, बारका प्रभात दाहाल लगायत अन्य कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो।