
१३ वैशाख,काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्। उनी भारतको फरिदाबादमा आयोजना हुने प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा विशेष अतिथिको रुपमा सहभागी हुन त्यसतर्फ लागेका हुन्।
नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष मानुषी यमीले दिएको जानकारी अनुसार डा. भट्टराई आइतबारबाट सुरु हुने उक्त अधिवेशनमा सहभागी हुनेछन्।
डा. भट्टराईसँगै पार्टी उपाध्यक्ष तथा विदेश विभाग प्रमुख मानुषी यमी र सचिव तथा प्रवास प्रदेश अन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि भारत गएका छन्।