
१४ वैशाख,काठमाडौं । नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। झडपमा परी १५ जना शिक्षक घाइते भएका छन्।
बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्ने क्रममा दुवै पक्षबीच झडप भएको हो।
शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा गम्भीर घाइते भएका शिक्षकहरूलाई ट्रमा सेन्टर लैजाने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘अहिले घाइते शिक्षकहरूलाई सिभिल अस्पतालमा ल्याएका छौँ। जटिल भएकालाई यहाँबाट ट्रमा लैजाने तयारी भइरहेको छ।’
प्रहरी र शिक्षकबीचको झडपमा घाइते भएकाहरूको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरू गत २० चैतदेखि आन्दोलनमा छन्।