
१५ वैशाख,वीरगञ्ज । बिश्रामपुर गाउँपालिका वडा नम्बर ४, बलिरामपुरले अब आफ्नै नयाँ वडा कार्यालय भवन पाउने भएको छ। पूर्वमन्त्री माननीय जितेन्द्र सोनलज्यूले आज एक विशेष समारोहका बीच भवनको शिलान्यास गर्नुभएको छ।
बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुट्टो (जुबेर भाई) को उपस्थितिमा भएको शिलान्यास कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य मदन यादव, कार्यवाहक वडा अध्यक्ष लालझरी देवी, लगायत राजु सिंह, उमेश चौहान, मनोज सिंह, पन्नालाल चौहान, वडा सदस्य हरिचन्द्र साह, सूर्यभान चौहान, श्याम नारायण साह, अमित दास, उपेन्द्र साह, जयनारायण महतो, भोला साह र स्थानीय समुदायका अगुवाहरूको सक्रिय सहभागिता थियो।
पूर्वमन्त्री जितेन्द्र सोनलको विशेष पहलका कारण मधेश प्रदेश सरकारले उपलब्ध गराएको २५ लाख रुपैयाँको बजेटबाट यो वडा कार्यालय भवन निर्माण हुन लागेको हो। शिलान्यासपछि बोल्दै पूर्वमन्त्री सोनलले यो भवन बनेपछि स्थानीयवासीलाई आफ्नै वडामा सरकारी सेवाहरू प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।
गाउँपालिका अध्यक्ष जुबेर अलि भुट्टोले पूर्वमन्त्री सोनलको सहयोग र पहलप्रति कृतज्ञता ज्ञापन गर्दै निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।