Logo

१८ बैशाख, वीरगञ्ज । सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा. बबी सिंह पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि प्रहरीले यस घटनाको अनुसन्धान थालेको छ। अनुसन्धानको क्रममा प्रहरीले सर्लाहीबाट उक्त पेस्तोल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सरोज राईका अनुसार मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट उक्त पेस्तोल बरामद गरिएको हो। प्रहरीले बरामद गरिएको पेस्तोल परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, डा. सिंहले वैशाख ११ गते मलंगवा नगरपालिका–५ स्थित भाडसरमा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी कार्यक्रममा नाच्दै गर्दा उक्त पेस्तोलबाट फायर गरेकी थिइन्। प्रहरीले बरामद भएको पेस्तोल नक्कली भएको आशंका गरेको छ। डीएसपी राईले पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद भएको जानकारी दिएका छन्।

यस घटनालाई नेतृ डा. सिंहले सर्लाहीको भाडसरमा नभई भारतको सितामढीमा भएको दाबी गरेकी छन्। तर, कोमल सुप्रियाको विवाह वैशाखमा सितामढीमा भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि सप्तरी प्रहरीले डा.बबी सिंहलाई बोलाएर सोधपुछ गरिरहेको छ। यो घटनाले राजनीतिक वृत्तमा समेत तरंगित बनाएको छ।


सम्बन्धित समाचार