
२२ बैशाख, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा तराई–मधेसका नेताहरूमाथि राज्यले लगातार अन्याय गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्।
आफ्नो आक्रोश व्यक्त गर्दै ठाकुरले थारु–मधेसी जनजातिहरूलाई राज्यले निरन्तर रूपमा अन्याय गरिरहेको र यस विषयमा राज्यले कुनै सुनुवाइ नगरेको बताए। अब यो विषय संसद मार्फत आम नागरिकलाई सुनाउने उनले जिकिर गरे।
सांसद रेशम चौधरीलाई फर्जी पत्रको आधारमा बिनाकारण पक्राउ गरी पाँच घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको घटनालाई उनले विशेष रूपमा उल्लेख गरे।
ठाकुरले राज्यलाई ुविजेताुको रूपमा प्रस्तुत गरेको र न्यायको कुर्सीमा पनि विजेता नै बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो पोखे।