Logo

२२ बैशाख, काठमाडौं । भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युलाई लिएर प्रतिनिधि सभामा गम्भीर छलफल भएको छ। सांसदहरूले सोमबारको आकस्मिक समयमा यो विषय उठाएका थिए।

उक्त छलफलपछि सभामुख देवराज घिमिरेले यो घटना राष्ट्रिय संवेदनशीलताको विषय भएको बताउँदै सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका छन्। उनले भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक वार्ता गरी घटनाको वास्तविकता पत्ता लगाउन र पीडित परिवारलाई आवश्यक सहयोग गर्न पनि आग्रह गरेका छन्। यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालको पनि रहस्यमय मृत्यु भएको थियो।

सभामुख घिमिरेले भने, “भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीय सदस्यहरूले उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ। उज्ज्वल भविष्यको सपना बोकेर विदेशमा पढ्न गएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न म निर्देशन दिन्छु।

यसैगरी, सभामुखले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार