
२३ बैशाख, रौतहट । रौतहट प्रहरीले भन्सार छली भारतबाट ल्याइएका कपडा बरामद गरेको छ। यस क्रममा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पासवान पक्राउ परेका छन्।
प्रहरी गस्ती टोलीले वैशाख २१ गते राति गौर नगरपालिका(४ स्थित लालबकैया नदी किनारबाट २ लाख ३३ हजार १ सय रुपैयाँ बराबरको कपडासहित पासवानलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पासवानको साथबाट नम्बर प्लेट नभएका दुईवटा मोटरसाइकल पनि बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद मोटरसाइकल र कपडासहित पासवानलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ।