
२४ बैशाख वीरगञ्ज । पर्सागढी नगरपालिका वडा नम्बर ४, बार्वाटाँडीमा नेकपा (माओवादी केन्द्र) को वडा एकाइ अध्यक्ष फिरोज मियाँको अध्यक्षतामा बसेको भेलाले वाईसियल नेपालको १३ सदस्यीय वडा एकाइ समिति सर्वसम्मतिले गठन गरेको छ।
वाईसियल नेपाल पर्सा जिल्ला संयोजक दिपेन्द्र सिंह पटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलाले फुलमहम्मद हवारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा गगनदेव हजारा, सचिवमा सुरेश महतो र कोषाध्यक्षमा रामा राम चयन भएका छन्।
त्यसैगरी, समितिका सदस्यहरूमा अतुल्लाह अनसारी, तब्रेज मियाँ, अदन अनसारी, जुमादिन अनसारी, मसमोल मियाँ, भिखारी पासवान, रोज अनसारी, प्रमोद साह र कम्रुदिन अनसरी रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि दिपेन्द्र सिंह पटेलले नवगठित वाईसियल नेपाल वडा समितिलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले पार्टीको सैद्धान्तिक विचार र संघर्षशील कार्यदिशालाई आत्मसात गर्दै जनतामाझ सशक्त रूपमा प्रस्तुत हुन आवश्यक रहेको बताए। यसका लागि विभिन्न प्रशिक्षण कार्यक्रममार्फत कार्यकर्ताहरूलाई तयार गरिने जानकारी उनले दिए।