Logo

प्रतिनिधिसभा बैठक काठमाडौँ, ५ फागुनः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

२४ वैशाख, काठमाडौं । संघीय संसद भवनमा आज पनि प्रतिनिधिसभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठकको मुख्य कार्यसूची सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथिको छलफल रहनेछ।

बैशाख २२ गतेदेखि सुरु भएको यो छलफल राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १९ गते संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि लगातार चलिरहेको छ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले लगभग दुई तिहाइ बहुमत प्राप्त सरकारको नीति तथा कार्यक्रमलाई औपचारिकता मात्र भएको टिप्पणी गरेका छन्। यद्यपि, सत्ताधारी दलका सांसदहरूले यसको समर्थन गरिरहेका छन्। रोचक कुरा के छ भने सत्तापक्षका केही सांसदहरूले पनि नीति तथा कार्यक्रमको आलोचना गरेका छन्।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संघीय संसदको संयुक्त बैठक सांसदहरूले भरिभराउ थियो। तर, देशको आगामी आर्थिक वर्षको बजेट निर्माणको आधारशिला र भविष्यको मार्गचित्र मानिने सरकारको नीति तथा कार्यक्रमको छलफलमा भने सांसदहरूको उपस्थिति पातलो देखिएको छ।


सम्बन्धित समाचार