Logo

२४ बैशाख, काठमाडौं । प्रहरीले काठमाडौँमा हुण्डी कारोबारमा संलग्न दुई जनालाई ४० लाख ३२ हजार पाँच सय रुपैयाँसहित पक्राउ गरेको छ। प

क्राउ पर्नेहरूमा भारतको कलकत्ता निवासी ६७ वर्षीय सुरज दत्त र रुपन्देही देवदहका ६३ वर्षीय धर्मप्रसाद ढकाल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट नगद, दुईवटा मोबाइल फोन, र विभिन्न सहकारी संस्थाका चेकबुक तथा पासबुक बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार, उनीहरूलाई काठमाडौँ महानगरपालिका र चन्द्रगिरि क्षेत्रबाट पक्राउ गरिएको हो।


सम्बन्धित समाचार