Logo

२४ बैशाख, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीको मागलाई स्थापित गर्न दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ। पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार, मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू केन्द्रीय कार्यालयले तयार गरी सार्वजनिक गर्ने निर्णय गरेको छ।

बैठकमा देशको वर्तमान राजनीतिक अवस्था, संसदमा विचाराधीन सरकारको नीति तथा कार्यक्रम, आन्दोलनको दोस्रो चरणको योजना र पार्टीको सांगठनिक कार्ययोजना जस्ता विषयहरूमा छलफल भएको थियो।

एकीकृत समाजवादीले आफ्नो पहिलो चरणको आन्दोलनलाई सफल मानेको छ। उपाध्यक्ष ज्वालाले भने, ूपहिलो चरणको आन्दोलन वार्मअप जस्तो थियो। अब हामी जनसहभागितामा आधारित आन्दोलन गर्नेछौं र यसको स्वरूप पनि फरक हुनेछ।ू

पहिलो चरणको आन्दोलनले पार्टीका कार्यकर्ताहरूमा नयाँ ऊर्जा र गति सञ्चार गरेको बताउँदै उनले थपे कि पार्टीले उठाएका सुशासन र रोजगारीका मुद्दाहरूलाई कार्यान्वयन गराउन थप सशक्त दबाब दिइनेछ।

ज्वालाले भने, ूहामीले प्रस्तुत गरेका मागहरू पूरा गराउनका लागि सशक्त कार्यक्रमहरू ल्याउँछौं। आगामी कार्यक्रमहरूमा जनसहभागितामूलक धर्ना, जुलुस र जनपरिचालन जस्ता गतिविधिहरू समावेश हुनेछन्।ू


सम्बन्धित समाचार