Logo

२४ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२ स्थित पण्डित रामविनी आधारभूत विद्यालयमा लागुऔषध प्रयोग र दुरुपयोगविरुद्ध सचेतना जगाउने कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा छपकैया र नेपाल रेडक्रस सोसाइटी छपकैया उपशाखाको संयुक्त आयोजनामा भएको यो कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएको हो।

ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईले कक्षा ७ र ८ का ७५ विद्यार्थी सहभागी भएको कार्यक्रममा लागुऔषधसम्बन्धी जानकारी, यसका नराम्रा असर र बच्ने उपायबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।

विद्यार्थीहरूले लागुऔषधबारे जिज्ञासा राखेका थिए र शिक्षक तथा सुरक्षाकर्मीहरूले त्यसको जवाफ दिएका थिए। कार्यक्रममा प्रमुख अतिथि चौलागाईले विद्यार्थीहरूको परीक्षण पनि गरिएको जानकारी दिए। उनले विद्यार्थीहरूलाई लागुऔषधबाट टाढा रहन र आफ्ना साथीहरूलाई पनि सचेत गराउन आग्रह गरे।

कार्यक्रममा जवाहरलाल कलवार, विजय कुमार, विद्यालयका प्रधानाध्यापक सुरेश राउत, शिक्षक रामनारायण प्रसाद, प्रेम कुमार साह, केदार तिमलसेना र सोलाजीम मियाको उपस्थिति थियो।

आयोजकहरूले यो कार्यक्रमले विद्यार्थीहरूमा लागुऔषधबारे चेतना बढाउने विश्वास लिएका छन् र भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी राख्ने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित समाचार