Logo

२५ वैशाख, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी माईस्थान उपशाखाले विश्व रेडक्रस दिवसको अवसरमा दीप प्रज्जवलन गरेको छ । रेडक्रस अभियानको सुरुवात गरेका संस्थापक जा हेनरी ड्युनाको जन्म दिवसको स्मरण गर्दै उपशाखाले बिहीबार दीप प्रज्वलन गरेको हो।

माईस्थान उपशाखाका सभापति डा. प्रमोद सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका उपसभापति मधु राणले रेडक्रसका संस्थापक जा हेनरी ड्युनाको तस्वीरमा फूलमाला अर्पण गरी कार्यक्रमको शुभारम्भ गरेकी थिईन् ।

त्यसपश्चात् उपस्थित सबैले दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, मन्त्री बिनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, सदस्य मदन गुप्ता, दयान्नद चौरसिया, आर्दशनगर उपशाखाका सभापति सन्तोष गुप्ता लगायत माईस्थान उपशाखामा आबद्ध रेडक्रसकर्मीहरूको उपस्थिति रहेको थियो।

सन् १८६३ मा रेडक्रस अभियानको सुरुवात गरेका संस्थापक जा हेनरी ड्युनाको जन्म दिवसको अवसरमा विश्वभर विविध जनचेतनामूलक तथा सेवामूखी कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।

विपद् र संकटका बेला मानव सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सन्देशलाई अझ सशक्त बनाउन यो दिवस मनाउने गरिन्छ ।


सम्बन्धित समाचार