२७ बैशाख, बारा । नेकपा (माओवादी केन्द्र) बाराले जिल्लाभित्रका स्थानीय तहहरूमा संगठनात्मक कामलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न पालिकाहरूमा पार्टी ईञ्चार्जहरू तोकेको छ ।
जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठक जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठको अध्यक्षतामा तथा बारा–पर्सा क्षेत्रीय ईञ्चार्ज महेन्द्र पासवानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
निर्णयअनुसार सिम्रौनगढ नगरपालिका र पचरौता नगरपालिकाको ईञ्चार्जको जिम्मेवारी क्षेत्र बहादुर श्रेष्ठलाई दिइएको छ । अन्य नियुक्तिहरू निम्नानुसार छन् :
-
महागढीमाई नगरपालिका – सोनालाल साह
-
प्रसौनी गाउँपालिका – गीता कँडेल चौलागाई
-
बिश्रामपुर र परवानीपुर गाउँपालिका – राजन पौडेल
-
जीतपुरसिमरा उपमहानगरपालिका – लिला कुमारी खनाल
-
कलैया उपमहानगरपालिका र फेटा गाउँपालिका – हरि चौलागाई
-
करैयामाई गाउँपालिका – देवेन्द्र पराजुली
-
कोल्हबी नगरपालिका, बारागढी र आदर्श कोतवाल गाउँपालिका – तपेश्वर राय चौधरी
-
सुवर्ण गाउँपालिका र देवताल गाउँपालिका – प्रभु प्रसाद यादव
-
निजगढ नगरपालिका – रबिराज दंगाल
जिल्ला ईञ्चार्ज श्रेष्ठका अनुसार, जिल्लामा कार्यरत केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व प्रदेश समितिका सदस्यहरूलाई पनि विभिन्न पालिकाको जिम्मेवारी दिइएको छ। यस कदमले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र जनस्तरमा प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।














