
२७ वैशाख,वीरगञ्ज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले पर्साको पोखरियामा ‘माटो पार्क’ को शिलान्यास गरेका छन्। मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ। डा। राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइनेछ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साहलगायत स्थानीय जनप्रतिनिधि र जनमत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। डा. राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माणपछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा। सीके राउतले पर्साको पोखरियामा ‘माटो पार्क’ को शिलान्यास गरेका छन्। मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ। डा। राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइनेछ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साहलगायत स्थानीय जनप्रतिनिधि र जनमत पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। डा। राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माणपछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।