Logo

३० बैशाख, काठमाडौं । प्रतिनिधि सभाले प्रि–बजेट छलफलका लागि समय तोकेको छ ।

आजदेखि चार दिन छलफल गर्नेगरी समय निर्धारण गरिएको हो । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ ।  जसमा नेपाली कांग्रेस र नेकपा एमालेले ५/५ घण्टा समय पाउँदा नेकपा माओवादी केन्द्रले २ घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५० मिनेट पाएका छन् ।

यसैगरी, एकीकृत समाजवादीले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी नेपालले २० मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट समय पाएका छन् ।


सम्बन्धित समाचार