
३० बैशाख, काभ्रे । हिजोदेखि अवरुद्ध बीपी राजमार्ग भर्खरै खुलेको छ ।
आज दिउँसोबाट पहिरो पन्छाएसँगै यातायात सञ्चालन हुन थालेको हो । उक्त सडकमा अवरोध हटाएर दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो । सडक सुचारु भएसँगै यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा गएरातीदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
रोशी खोलामा आएको बाढीले सडक अबरुद्ध हुँदा रामेछाप, सिन्धुली लगायतका जिल्लामा जाने तथा राजधानी आउने यात्रुहरु बीचबाटोमै अलपत्र परेका थिए ।