
३० वैशाख,दाङ । दाङमा श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ परेकी छिन्
।६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका– ७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई सोमबार राति पक्राउ गरिएको हो ।
घरायसी विवादको क्रममा संगीताले दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।