
३० वैशाख,वीरगञ्ज । वीरगञ्जको बाईपास सडक खण्डमा यात्रुवाहक बसले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री घाइते भएका छन् ।
बसपार्कदेखि गण्डक जाने बाईपास सडकखण्डको ब्रह्मचोक नजिकै ना ४ ख ३९३५ नम्बरको बसले साईकलमा रहेका अन्दाजी ७० बर्षका वृद्धलाई आज दिउँसो ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाईते भएका साईकल यात्रीलाई तत्काल उद्दार गरी उपचारका लागि तराई अस्पताल लगिएको छ । घाईते वृद्धको पहिचान भने खुलेको छैन ।