Logo

३०, बैशाख, वीरगञ्ज । वीरगञ्जको बाईपास सडक खण्डमा यात्रुवाहक बसले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल यात्री घाइते भएका छन् । बसपार्कदेखि प्रतिमा चोकतर्फ जाँदै गरेको ना ४ ख ३९३५ नम्बरको बसले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ बाईपास सडकखण्डको कृष्णप्रणामी चोक नजिकै साईकलमा रहेका अन्दाजी ७३ बर्षका वृद्धलाई आज दिउँसो ठक्कर दिएको हो ।

बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने ननक राउत यादव गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए । उनका अनुसार घाईते यादवलाई तत्काल उद्दार गरी उपचारका लागि तराई अस्पताल लगिएको छ ।

घाईते यादवको अनुहार र टाउकोमा चोट लागेको छ । ठक्कर दिने बसका चालक भने फरार रहेका छन् । ठक्कर दिने बस भने प्रहरीको नियन्त्रणमा रहेको छ ।


सम्बन्धित समाचार