
३० बैशाख, काठमाडौं । राष्ट्रिय गौरवको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निरन्तर नोक्सानी व्यहोरिरहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनी दुई अर्ब ६ करोड रुपैंयाँ नोक्सानीमा रहेको हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको नोक्सानी ६७ करोड ६१ लाख रुपैयाँले देखिन्छ । प्रकाशित विवरण अनुसार कम्पनी नोक्सानीमा छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनी एक अर्ब ३९ करोड रुपैयाँ नोक्सानीमा थियो ।
विद्युत बिक्री आम्दानी घट्दा कम्पनीको घाटा थप बढेको हो । यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको कम्पनीको विद्युत बिक्री आम्दानी ६ अर्ब ५३ करोड २ लाख रुपैयाँ थियो । कम्पनीको वित्तीय खर्च ४ अर्ब ६ करोड रुपैयाँ छ ।