Logo

३१ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र नगर प्रहरीको संयुक्त पहलमा आदर्शनगर रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हरित वातावरण प्रवर्द्धन र स्वच्छ, सौन्दर्यपूर्ण वीरगञ्ज निर्माणको लक्ष्यसहित रंगशालाको चारैतिर विभिन्न प्रजातिका विरुवा रोपिएका हुन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले हरियाली अभियानलाई दीर्घकालीन वातावरणीय समाधानको रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै, “वीरगञ्जलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने हाम्रो अभियानमा आजको वृक्षारोपणले थप ऊर्जा दिएको बताए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपणलाई वातावरण संरक्षणको आधार स्तम्भको रूपमा व्याख्या गर्दै नगरवासीलाई अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरे ।

वृक्षारोपण कार्यक्रम वीरगञ्ज महानगर प्रहरीको आयोजनामा ग्रिनसिटी सामुदायिकको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान, समाजसेवी भोला कलवारलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

महानगरपालिकाले वृक्षारोपण गरिएका विरुवाको संरक्षण र सम्वर्द्धनको जिम्मेवारी पनि लिएको छ । वातावरणीय सन्तुलन र हरित शहर निर्माणको यो पहलले वीरगञ्जलाई दीर्घकालमा स्वच्छ र दिगो विकासतर्फ डोऱ्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार