८ जेठ,रूकुम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोलीले रूकुम पूर्वको भुमे गाउँपालिकाको अवलोकन गरेको छ ।
अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिहरूबारे जानकारी लिएको हो । टोलीलाई भुमे गाउँपालिकाका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले स्वागत गरेका थिए ।
स्वागतपछि पालिका अध्यक्ष श्रेष्ठले अभियान टोलीलाई भुमे गाउँपालिकाले गरेका प्रयास, उपलब्धि तथा असल अभ्यासबारे जानकारी गराउनुका साथै पालिका तथा कर्मचारीहरूका तर्फबाट विभिन्न मागहरू समेत प्रस्तुत गरेका थिए ।














