Logo

फाइल : तस्वीर

१४ जेठ, काठमाडौं । भारतमा पुनः सक्रिय बन्दै गएको कोरोना संक्रमणका कारण अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो तथ्यांकअनुसार विभिन्न राज्यमा संक्रमण बढ्दै जाँदा मृत्युदरमा पनि बिस्तारै वृद्धि भइरहेको छ।

सबैभन्दा पछिल्लो मृत्यु उत्तर प्रदेशको फिरोजाबादमा भएको हो, जहाँ मंगलबार ७८ वर्षीय एक संक्रमित वृद्धको उपचारका क्रममा ज्यान गएको हो। यो उत्तर प्रदेशमा नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो।

यसअघि महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी ११ जनाको मृत्यु भइसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सक्रिय संक्रमितको संख्या २ हजार पुग्यो

भारतभर हाल सक्रिय संक्रमितको संख्या १,८८१ पुगेको छ। सबैभन्दा बढी संक्रमित केरलमा छन्, जहाँ ४३० जना उपचाररत छन्। मंगलबार मात्रै कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित थपिएका छन्। गुजरातमा भने १३ जना संक्रमित निको भइसकेका छन्।

चार नयाँ भेरियन्टको पहिचान

भारतीय चिकित्सा अनुसन्धान परिषद् ९क्ष्ऋःच्० का निर्देशक डा. राजीव बहलका अनुसार भारतमा हाल चार नयाँ भेरियन्ट एलएफ(ठ, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ पत्ता लागेका छन्। यीमध्ये जेएन.१ सबैभन्दा बढी फैलिएको भेरियन्ट हो। परीक्षण गरिएका नमूनामध्ये ५० प्रतिशतभन्दा बढीमा यही भेरियन्ट भेटिएको छ।

जेएन.१ भेरियन्ट सन् २०२३ को अगस्टमा पहिलो पटक देखिएको थियो र डिसेम्बर २०२३ मा डब्लुएचओले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० वटा म्युटेसन छन्, जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउन सक्छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार, यो भेरियन्ट तीव्र गतिमा फैलिने भए पनि गम्भीर अवस्था सिर्जना गर्ने सम्भावना कम देखिएको छ।

त्यस्तै एनबी.१.८.१ भेरियन्टमा रहेका स्पाइक प्रोटिन म्युटेसनले यो अन्य भेरियन्टको तुलनामा छिटो फैलिन सक्ने र अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई पनि छल्न सक्ने बनाएको छ।

लक्षण र सावधानी

विशेषज्ञहरूका अनुसार जेएन.१ भेरियन्टको लक्षण केही दिनदेखि लिएर हप्तौंसम्म देखिन सक्छ। यदि लक्षणहरू लामो समयसम्म रहन्छन् भने ‘लङ्ग कोभिड’ हुन सक्ने सम्भावना रहन्छ।

हाल भारतमा स्थिति नियन्त्रणमै देखिए पनि स्वास्थ्य अधिकारीहरूले जनतालाई सावधानी अपनाउन र लक्षण देखिएमा तुरुन्त परीक्षण गराउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार