
१४ जेठ,काठमाडौं । विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले सदन सुरु भएको जानकारी गराउनासाथ विपक्षीहरूले विरोध गरेपछि उनले बसेर बैठक अघि बढाउन गरेको आग्रहलाई नसुनेपछि बैठक स्थगित गरिएको हो।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गर्दै आएका छन्। विपक्षीले नाराबाजी गरेपछि मंगलबार आधा घण्टाका लागि स्थगित भएको बैठक पछि सूचना टाँसेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।