Logo

१, हसार काठमाडौं । काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरू खानाको व्यवस्था नभएपछि आन्दोलित भएका छन्।

लामो समयदेखि आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका उनीहरूले राज्यले खान पाउने अधिकार समेत खोसेको भन्दै विरोध प्रदर्शन सुरु गरेका हुन्।

होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका परिवारहरूमा खाद्यान्न सङ्कट चुलिएपछि दैनिकी निकै कष्टकर बनेको छ। छाक टार्ने कुनै उपाय नभएपछि उनीहरू आफ्ना मागसहित आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

खानाकै अभावका कारण त्यहाँका बालबालिकाहरूको शिक्षामा समेत गम्भीर असर परेको छ। भोकभोकै बस्नुपर्ने अवस्था आएपछि विद्यालय जाने उमेरका केटाकेटीहरू विद्यालय जानबाट समेत रोकिएका छन्।

सुकुमबासी बस्तीका नागरिकहरूले सम्बन्धित निकायले आफ्नो समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन्। होल्डिङ सेन्टरमा उचित व्यवस्थापन र राहतको व्यवस्था नहुँदा साना बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाहरू सबैभन्दा बढी मर्कामा परेका छन्।


सम्बन्धित समाचार