Logo

१४ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) एकै पटक फिर्ता गरिएको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन्।

आफू लगायत राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले फिर्ता लिएको राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले जानकारी दिए। उनले भने, “सरकारले राप्रपाका तीन जना सांसदको पीएसओ खोसेको छ। संसद्मा सबै सांसदहरू बराबर हुनुपथ्र्यो, तर भएन।“

शाही राप्रपाका प्रमुख सचेतक हुन्। त्यस्तै, दीपक सिंह पूर्वाधार विकास समितिमा आबद्ध छन् भने ध्रुवबहादुर प्रधान नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) हुन्। उनीहरूलाई यसअघि सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो। पीएसओ फिर्ता लिनुको कारणबारे भने स्पष्ट जानकारी दिइएको छैन।


सम्बन्धित समाचार