
१४ जेठ,काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताएका हुन्।
गृहमन्त्री लेखकले भने, “सबैभन्दा पहिलो जसरी यो विषय (भिजिट भिसा) मा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा भएका छन्। यो असत्य कुरा हुन्, यो बेठिक कुरा हो। यसमा मेरो कुनै संलग्नता छैन।“
उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताउँदै भने, “मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको छ। यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु।“
गृहमन्त्रीको यो भनाइले भिजिट भिसा प्रकरणको छानबिन र यसमा जोडिएका राजनीतिक विवाद थप चर्कने संकेत दिएको छ।