Logo

१५ जेठ,काठमाडौं । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण मार्फत समग्र अर्थतन्त्रलाई रूपान्तरण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि उत्पादन वृद्धि गरी खाद्य सम्प्रभुता सुनिश्चित गर्ने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो।

अर्थमन्त्री पौडेलका अनुसार, कृषिलाई आधुनिक र व्यावसायिक बनाउन सामूहिक सहकार्यका मोडेल तथा निजी फर्महरूलाई प्रोत्साहन गरिनेछ। यसका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो।

सरकारले कृषिमा प्रविधिको प्रयोग, आधुनिक प्रणालीको विकास र बजारमैत्री उत्पादन प्रणालीलाई प्राथमिकता दिँदै कृषि क्षेत्रलाई मुलुकको आर्थिक मेरुदण्ड बनाउने लक्ष्य राखेको छ। यो पहलले कृषिमा आत्मनिर्भरता बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत सुदृढ गर्ने विश्वास गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै