Logo

१५ जेठ,काठमाडौं । नेपालमा विदेशी विद्यार्थीहरूलाई अध्ययनका लागि आकर्षित गर्न सरकारले प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आज संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।

यो निर्णयले नेपाललाई शैक्षिक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। हाल, विदेशी विद्यार्थीहरूले नेपालमा अध्ययनका लागि भिसा शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। यो छुटले उनीहरूलाई नेपालमा अध्ययन गर्न आउन थप प्रोत्साहन मिल्नेछ।

त्यस्तै, बजेटमा विदेशी विद्यार्थीका अभिभावकलाई पनि बहुप्रवेश भिसा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले अभिभावकहरूलाई आफ्ना सन्तानको पढाइको सिलसिलामा नेपाल आउन र जान सहज हुनेछ।

सरकारको यो कदमले नेपालको शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न र पर्यटन तथा सेवा क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार