Logo

१५ जेठ,काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको विकास र आत्मनिर्भरताका लागि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५७ अर्ब ४८ करोड रुपैयाँको कगदकतबलतष्ब िबजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो मन्त्रालयका लागि उक्त बजेट छुट्याइएको जानकारी दिए।

अर्थमन्त्री पौडेलले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन विभिन्न योजनाहरू ल्याइएको बताए। उहाँका अनुसार, किसानहरूलाई दूध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन विशेष जोड दिइनेछ। यसका साथै, विभिन्न क्षेत्रहरू तोकेर ’पकेट जोन’ मार्फत कृषिजन्य उत्पादन बढाउने गरी काम गरिने योजना पनि सरकारले अघि सारेको छ।

यो बजेट विनियोजनले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण र खाद्य सुरक्षा सुदृढ पार्ने सरकारको लक्ष्यलाई समर्थन गर्ने अपेक्षा गरिएको छ। यसले किसानहरूको आयस्तर वृद्धि गर्न र समग्र कृषि क्षेत्रको आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार