Logo

१५ जेठ,काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीहरूको तलब वृद्धि नगर्ने भएको छ। बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत व्यवस्थापनमा परेको दबाबका कारण अपेक्षाअनुसार तलब वृद्धि गर्न नसकिएको जानकारी दिए।

अर्थमन्त्री पौडेलले भने, “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन।”

यद्यपि, कर्मचारीको महँगी भत्ता भने बढाइएको छ। अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइने घोषणा गरे। यसअघि कायम रहेको भत्ता रकममा वृद्धि गरी यो व्यवस्था लागू गरिनेछ।

तलब वृद्धि नभए पनि महँगी भत्तामा गरिएको यो वृद्धिले कर्मचारीहरूलाई बढ्दो महंगीको सामना गर्न केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार