Logo

१६ जेठ,काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी आर्थिक वर्ष २०८२/८३ देखि प्रदेश सरकारमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ। बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो जानकारी गराएका हुन्।

सरकारको यो घोषणासँगै हाल राष्ट्रिय परीक्षा बोर्डले गर्दै आएको एसईई परीक्षा सञ्चालन, प्रश्नपत्र निर्माण र नतिजा प्रकाशनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण हुनेछ। यसअघि बोर्डले परीक्षाको लागि प्रश्नपत्र तयार पार्ने र नतिजा प्रकाशनको काम गर्दै आएको थियो।

स्मरण रहोस्, राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमै राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गर्दै एसईई परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारलाई दिने व्यवस्था गरेको थियो। सरकारको यो पछिल्लो कदम सोही नियमको कार्यान्वयनको दिशातर्फ उन्मुख रहेको देखिन्छ। यसले शिक्षा क्षेत्रमा संघीयताको मर्म अनुसार प्रदेशको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार