Logo

१६ जेठ, काठमाडौंं । महंगी भत्तामा सरकारलाई १० अर्बको भार थपिएको छ ।

सरकारले कर्मचारीको महँगी भत्ता मासिक २ हजारबाट बढाएर ५ हजार पुर्याएपछि १० अर्बको भार थपिएको हो । सरकारले कर्मचारीको तलवको साटो भत्ता बढाएको छ । जसको लागि १७ अर्ब एक करोड रुपैंया बजेट छुट्याइएको छ ।
चालु आर्थिक वर्ष सरकारले महँगी भत्ता शीर्षकमा ७ अर्ब १ करोड ५७ लाख रुपैंया मात्रै छुट्याएको थियो । तर, आगामी आर्थिक वर्षका लागि उक्त शीर्षकमा १७ अर्ब १ करोड १५ लाख रुपैंया विनियोजन गरिएको छ ।

सरकारले बजेटमार्फत तलब बढाउने कर्मचारीहरुको विश्वास थियो । तर, अर्थमन्त्री विष्णु पौडेलले स्रोतमा चाप देखाएर तलवको सट्टा भक्ता थप गर्नुभएको हो । तलव बढाउँदा ग्रेडमा भारदेखि कर्मचारी सञ्चय कोषमा जम्मा गनुपर्ने रकम र पेन्सनमा समेत भार बढ्छ ।


सम्बन्धित समाचार